काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।
खुला केन्द्रीय सदस्यको बाकस खोली मतगणना थालिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । बुधबार सम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको समितिले जानकारी दिएको छ ।




प्रतिक्रिया