नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उड्डयनमन्त्री जितेन्द्रनारायण देवको तयारी


असोज ७, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री देवले सरकारी बिदाको दिन (बिहीबार) मन्त्रालयमा सचिव महेश्वर न्यौपानेलगायत उच्च अधिकारीसँग बैठक बसी चौबीस घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

मन्त्रालय स्रोतले भन्यो, ’जवाफ आइतबारभित्र आउँछ होला ।’ आजको नागरिकमा यो खबर छ ।

Skip This

Omoda E5 Pro