विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै अमेरिकाको विजयी सुरुवात


काठमाडौं, जेठ ३० । फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले पाराग्वेलाई हराएकाो छ । आज विहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४(१ गोलले हराउँदै विश्वकपमा विजयी सुरुवात गरेको हो । लस एन्जलसमा भएको खेलमा अमेरिकाले सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।

पहिलो हाफको ३१औँ मिनेट अमेरिकाका फोलारिन बालोगुन गोल गर्दै २–० को अग्रता कायम गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बालोगुनले थप १ गोल गरी अमेरिकालाई ३-० गोलको अग्रता बनाएका थिए ।

माउरिसिओले ७३औँ मिनेटमा पाराग्वेको तर्फबाट पहिलो गरे । तर, अमेरिकाले दोस्रो हाफको इन्जुरी समयमा पनि एक गोल थप्यो । दोस्रो हाफको इन्जुरी समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गरेपछि अमेरिकाले विश्वकपमा विजयी सुरुवात गरेको हो ।

Skip This

Omoda E5 Pro