राजनीतिक नियुक्तिको एमालेबाट विरोध


काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै विरोध गरेको छ ।

एमाले महासचिव ईश्वार पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्र्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराउनुभएको छ ।

“यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो”, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौंँ ।”

Skip This

Omoda E5 Pro