मेलिनाको स्वरमा ‘तिमी फूल भएर’सार्वजनिक

0
Shares

काठमाडौं, २८ मंसिर । गायक जीवन ढुङ्गेलले भर्खरै आफ्नै शब्द संगीतमा चर्चित गायिका मेलिना राईसँग युगल गीत ‘तिमी फूल भएर’ बजारमा सार्वजनिक गरेका छन।

विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको राम्रो प्रतिक्रिया पाएपछि उनका अन्य शब्द संगीतहरू पनि रेकर्ड हुने क्रममा रहेका छन।

चर्चित मोडल एलिसा राई र निराजन प्रधानद्वारा अभिनित उक्त गीत सार्वजनिक भएको छोटो समयमैं धेरै दर्शकहरूले सामाजिक मिडियाहरूमा हेरिसकेका छन।

Skip This

Omoda E5 Pro