कृषि विश्वविद्यालयलाई नमूना बनाउनुपर्ने

0
Shares

चितवन, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताउनुभएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले यहाँ आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताउनुभयो ।

नेता दाहालले भन्नुभयो, “म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन् । यसमा द्विविधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।” दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उहाँले स्पष्ट पार्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ । ”

सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो भने विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।रासस

Skip This

Omoda E5 Pro