दाहाल चितवन जाने, ओलीसँग हुने भनिएको भेट अनिश्चित


२० पुस, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिउँसो चितवन जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन दाहाल दिउँसो साढे २ बजे चितवन जान लागेका हुन्।

दाहालको गृहनगर समेत रहेको भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयर छन्। दाहाल भोलि पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम छ। दाहाल चितवन जाने भएसँगै पार्टी एकता विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ।

Skip This

Omoda E5 Pro