स्थायित्व, सुशासन र विकास बाम गठबन्धनको औचित्य : प्रचण्ड


काठमाडौं, २९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई सुशासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दे सही बाटोमा आएको भएपनि चुनौती हटिनसकेको बताएका हुन् । संविधान कार्यान्वयन भएन भने देश के हुने भन्ने द्विविधा, शंका र कैयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौती दुवै भएको उनको भनाई थियो ।

राजनीतिक स्थायित्व, सुशासन र विकास बाम गठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतीलाई पार गर्दै अवसर उन्मुख हुनुपर्ने उल्लेख गरे । अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनीतिक संक्रमण हटिसकेको अवस्थामा राजनीतिक नेतृत्व पनि निराशाको बीचमा नभई नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे ।

मञ्चले साहित्य, सङ्गीत, नाटक, अभिनय, ललित कला र पत्रकारिताको क्षेत्रमा योगदान गर्ने ४९ जना स्रष्टा र समाजसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साहित्यतर्फ मदन भण्डारी, इद्रिस सायल खाँ, लक्ष्मी गुरुङ, केवल बिनामी, अनिल श्रेष्ठ, देवी गुरुङ, किशोर मनस्वी, मणि अर्याल, आकाश अधिकारी, नविन लोचन मगर, रणेन्द्र बराइली, सङ्गीततर्फ धनकुमार ग्याङ्मी, चित्रसागर श्रेष्ठ, निर्मला घिसिङ, प्रदिप बम्जन, कमला दोङ, रीना लिम्बु, पूजा सुनुवार, नाटकतर्फ किशोर अनुराग, ईच्छा सिंह, टिकाराम रसाइली, अशोक सिवाकोटी, पुरु लम्साल, मोति बहादुर कार्की (परिवर्तन), चलचित्रतर्फ सुवास गजुरेल, डम्बर बहादुर बुढाथोकी, परशुराम चौधरी, रेणु चौधरी, राजु केसी, पत्रकारितातर्फ ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, ध्रुवराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे, शैलेन्द्र घिमिरे, ललित कलातर्फ जुनी लामा, रामकृष्ण भण्डारी, नरेन्द्र प्रसाद भण्डारी, केशवराज खनाल, देवेन्द्र थुम्केली, सामाजिक क्षेत्रतर्फ प्रकाश लक्ष्मी तुलाधर, रामप्रसाद गौतम, दुर्गा प्रसाई, बिमललाल श्रेष्ठ, स्वस्थानी आले मगर लगायत रहेका छन् ।

स्रष्टाहरुलाई अध्यक्ष प्रचण्ड, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे