धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठन हुने बताएका छन्।
कैलालीको गोदावरी बाह्र राशि दर्शन मकर मेलाको आज उद्घाटन गर्दै उनले सरकार छाड्न आफूलाई कानुनी र संवैधानिक जटिलता रहेको बताएका हुन् ।
‘कानुन र संविधान नबुझेर सत्ता हस्तान्तरणको मात्र कुरा गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘निर्वाचनको कुनै दलको पनि बहुमत आएको छैन, संसद् समेत बनेको छैन, कसलाई सत्ता छाड्ने?’
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले कानुनसम्मत तरिकाले आए आफू सत्ता हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे । उनले सर्वदलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा ढिलाइ भएको बताउँदै अब सहमति नजुटे पनि तीन दिनभित्र सो विषयमा निर्णय गरिने जानकारी दिए।
प्रतिक्रिया