एमाले स्थायी समिति बैठक आज बस्ने, यस्ता छन् बैठकका एजेण्डा


३ माघ, काठमाण्डौ । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्ने भएको छ । एमालेका नेता झलनाथ खनालले दिएको जानकारी अनुसार आज बस्ने बैठकले माओवादीसँगको पार्टी एकता, प्रदेशमा पदीय बाँडफाट लगायतका विषयमा छलफल हुनेछ ।

उपचारका लागि विदेश गएका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किने अघिल्लो दिन बस्न लागेको बैठकले प्रदेश सभामा मूख्यमन्त्री र सभामुखको बाँडफाँटका बारमा छलफल गर्न लागिएको खनालले ऋषि धमलालाई जानकारी दिए ।

यसबाहेक राष्ट्रियसभा निर्वाचनको तयारीका बारेमा पनि छलफल हुने खनालले बताएका छन् ।