सोनम ल्होसारको अवसरमा भाेलि सार्वजनिक बिदा


काठमाडौं,  ३ माघ ।सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले विदा स्विकृत गरेको बताए। उनले भने, ‘पूर्वनिर्धारित विदा अनुसार भोली पनि विदा हुने छ।’

तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ समूदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार मनाउँदै छन्।

 

Skip This

Omoda E5 Pro