दिवंगत पुत्र सम्झिएर प्रचण्ड भक्कानिए, ‘देशलाई उनको आवश्यकता थियो’-फोटोफिचर

0
Shares

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुत्र वियोगको शोकलाई जसोतसो शक्तिमा बदल्न सक्षम भएको बताएका छन् ।

आफ्ना छोरा प्रकाश दाहालको स्मृति तथा श्रद्धाञ्जली सभामा प्रचण्डले शोकलाई शक्तिमा बदल्न सहज नभएपनि सबैको सद्भाव र मायाका कारण परिवार विघटन हुनबाट जोगिएको बताए ।

 

सम्बोधनको क्रममा दाहालले भने,‘मलाई धेरै भन्नु छैन। एउटा परिवार र देशका लागि स्तब्ध हुने समाचार बन्यो उनको निधन। सजिलो थिएन शोकलाइ शक्तिमा बदल्न। तर देशका लागि कुदेका हामिले त्यो गर्नुपर्थ्यो। सबैको सद्भाव र मायाले हाम्रो परिवार विघटन हुनबाट जोगियो। प्रकाश उदीयमान युवा थिए । देशलाई उनको आवश्यकता थियो । तर अब घटना त भयो नै। हजारौै प्रकाश जन्माउनेमा हामी र म केन्द्रीत भयौं ।

प्रकाश दाहालको स्मृति र श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेताहरु बाबुराम भट्टराई, मोहन वैद्य, लोकेन्द्र बहादुर चन्द, कमल थापादेखि खिलराज रेग्मीसम्म उपस्थित थिए ।फोटोः मुकुन्द कालीकोटे