म्यानपावर व्यवसायीहरुलाई जेल हाल्ने श्रममन्त्री विष्टको उद्धघोष (भिडियोसहित)

0
Shares

काठमाडौं, ३ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुलाई जेल हाल्ने घोषणा गरेका छन् ।

आइतबार राति हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री विष्टले यस्तो घोषणा गरेका हुन् ।

श्रमसम्बन्धी अन्यायमा परेका व्यक्तिहरुले गुनासो तथा उजुरी गर्नेबित्तिकै आफूहरुले न्याय दिनेगरि कार्य सम्पादन गरिरहेको पनि उनले दाबी गरे । त्यस्तै, वैदेशि रोजगारीमा देखा परेका विकृतिहरुलाई सुधार गर्नको लागि दर्जनौं संशोधनका प्रस्तावहरुलाई केही नेपाल ऐनअन्तर्गत अनुसार अघि बढिरहेको पनि उनले जनाए ।