सरकारविरुद्ध फेरि शशांक, सिके राउतलाई प्राथमिकता दिनु कमजोरी

File Photo

काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले अनावश्यक रुपमा बिखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर कमजोरी गरेको बताएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उनले बताए । उनले भने,’सरकारले त राज्यलाई कुन तत्वले बढि क्षति पुर्‍याउँछ भन्ने तर्फ केन्द्रीत हुनुपर्ने हो, तर सरकारले त्यस तर्फ ध्यान दिन सकेन ।’

नेपाल प्रेस यूनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने,’राउतसँग गरेका सहमतिमा सरकार र राउतले आ–आफ्नै ढङ्गले व्याख्या गर्नु सरकारको कमजोरी हो ।’