खेतालालाई बारीमै बलत्कार


काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका १ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङ बलत्कार आरोपमा पक्राउ परेका छन् । गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरेर फरार रहदै आएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजे तामाङकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर जबर्जस्ती करणी गर्दा चिच्याएर हारगुहार गरेपछि गाउँले आउँदा तामाङ भागेको पीडितले प्रहरीसंगको बयानमा जनाएकी छन। आइतबार पक्राउ तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Skip This

Omoda E5 Pro