गाँजा ओसारपसारमा युवती


सुनसरी । अवैध लागुऔषध सहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका २० बिष्णुपादुका भञ्ज्याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब तीन केजी सहित ती युवतीलाई ३२ साउनमा पक्राउ गरेको हो । पक्राउ परेकी धनकुटा सागुरिगढी गाउँपालिका सालुम बस्ने सबिता धिमाल राई गाँजा ओसारपसारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

धनकुटाबाट धरानतर्फ यात्रु बोकी आएको बलेरो गाडी सोही ठाउँमा रोकी जाँच गर्ने क्रममा गाडीको डिकीमा कार्टुनभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित अस्थाई प्रहरी पोस्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले फेला पारी राईलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी कपिलवस्तु कृष्णनगर नगरपालिका २ बसपार्कस्थित सडकबाट रुपन्देही कंचन गाउँपालिका १ शान्तिनगरचोक बस्ने राजकुमार ठाकुरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट र स्पास्मो ४० क्याप्सुल सहित ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Skip This

Omoda E5 Pro