पूर्व राजदूत झाकोे हत्याका अभियुक्त पक्राउ परे


काठमाडौ । पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका १० घर भएका सानुकान्छा तामाङ रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका-१८ थापाथलीस्थित कुरीया गाउँ बस्ने पूर्व राजदूत ८० वर्षीय केशवराज झाको हत्यामा संलग्न रहेको अभियोगमा ३१ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

२०७५ भदौ चार गते राति पूर्व राजदूत झालाई कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न झाकै घरमा सहयोगीको रुपमा काम गर्ने तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङलाई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

Skip This

Omoda E5 Pro