फलामको मूर्तिमा जलप लगाई ठग्न खोज्दा


दाङ । बुद्धको मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने गरेका पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले दाङको राजपुर नाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई ‘सुनको मूर्ति’ भन्दै महँगो मूल्यमा बेचेका थिए ।
मूर्ति बेचेर जिल्लाकै भैंसाही नाका हुँदै फर्कंदै गर्दा गोप्य सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष छन् ।
पक्राउ परेका हरु दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोटको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

उनीहरु सबैलाई सुराकीको आधारमा पूर्वपश्चिम राजमार्गअन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई रकम भागवन्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको पनि प्रहरीले बताएको छ ।

Skip This

Omoda E5 Pro