श्रीमती बलात्कार गर्ने पक्राउ


काठमाडौं । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा केहि दिन पहिले एक जना महिलाले आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।पीडितको जाहेरीको आधारमा श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाढी बढाएको जनाएको छ ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको प्रहरीले बताएको छ । थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको पनि स्वास्थ्य परीक्षण गरी अदालत पेश गरिएको र थप अनुसन्धानमा प्रहरी लागेको जनाइएको छ ।

Skip This

Omoda E5 Pro