रक्सीको सुरमा हत्या


सुनसरी । प्रहरीले हतियारको प्रयोग गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा मुर्ताज मियाँ रहेका छन् । उनलाई ८ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मियाँले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने बहाब मियाँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई धानमा किरा मार्ने बिषादी सेवन गरी आफै अशक्त भएको खबर पश्चात प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा बहाब मियाँको उपचारको क्रममा मृत्यु भएको थियो । मुर्ताज मियाको प्रहरीकै निग्रानीमा नोबेल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Skip This

Omoda E5 Pro