चोरी प्लाष्टिकको बाटा बरामद


बर्दिया । भन्सार छलि चोरी पैठारी गरी नेपालगंज तर्फ लैजादै गरेको अबैध प्लाष्टिकको बाटा प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा मधुवन न.पा.६ बस्ने रामप्रित कुसबन्धिया रहेका छन् । गुलरिया नगरपालिका वडा नं ८ स्थित सडक खण्डको बाटो छेउमा भन्सार छली चोरी पैठारी गरी ल्याई नेपालगंज तर्फ लैजानको लागी थुपारी राखेको अवैध निम्न बाटा बाटा सहित भदौ ९ मा पक्राउ गरेको हो ।

प्रहरीले उनको साथवाट प्लाष्टिकको ठुलो बाटा थान ७४७ मुल्य प्रति बाटाको २०० को दरले.एक लाख उन्नचास हजार चार सय र प्लाष्टिकको सानो बाटा थान १३३ मुल्य प्रति बाटाको १५० को दरले रु.उन्नाईस हजार नौं सय पचास गरी जम्मा मुल्य एक लाख उन्नसत्तरी हजार तीन सय पचास मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाईएको प्रहरीले बताएको छ ।

Skip This

Omoda E5 Pro