प्रहरी जवान घुस सहित रङ्गेहात पक्राउ


पर्सा, २४ भदौ । पाँचहजार घुस रकम सहित प्रहरी जवान रङ्गेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली २३ भदौमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वे्दिक औषधी दिएको उजुरी मिलाईदिने आश्वासन देखाई सेवाग्राहीसँग पटक पटक घुस रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले तेलीलाई पाँचहजार घुस रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Skip This

Omoda E5 Pro