नक्कली सुनको बिक्रि गर्ने पक्राउ


मोरङै । प्रहरीले सक्कली सुन भनी नक्कली सुन बिक्री गरेर ठगी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकारलाई २० भदौं पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले स्वर्णकारले विभिन्न मितिमा, विभिन्न समस्या देखाएर नक्कली सुनका गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर व्यक्तिहरुलाई ठगी गरेको सूचनाको आधारमा उनलाई विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिहरुबाट करिब ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले स्वर्णकारलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ ।

Skip This

Omoda E5 Pro