प्रहरीलाई एक हजार घुुस दिन खोज्दा…..


भक्तपुर, ३० भदौ । प्रहरीलाई आर्थिक प्रलोभनमा पारी एक हजार घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका २ का गोपाल थापा मगर रहेका छन् । उनलाई २९ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Skip This

Omoda E5 Pro