तीन थान भरुवा बन्दुक बरामद


कैलाली, ३० भदौ । बन रक्षको गस्ती टोलीले तीन थान बरुवा बन्दुक बरामद गरेको छ । गौरीगंगा नगरपालिका ६ स्थित आनन्द सामुदायिक वनबाट २९ भदौको साँझ तीन थान भरुवा बन्दुक बरामद गरेको हो ।

ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित पाँच जना व्यक्तिहरुले देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Skip This

Omoda E5 Pro