अवैध सालको काठ बरामद


गोरखा, २ कात्तिक: गोरखा नगरपालिका–१० छेवेटार बजारबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । छेवेटार बजारको सानो बगैँचामा बेबारिसे अवस्थामा रहेको करीब ४५.४५ थान क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

अवैध सालको काठको गोलिया रहेको भन्ने गोप्य सूचनाको आधारमा सदरमुकामबाट खटिएको विशेष प्रहरी टोलीले २० थान सालको काठ (गोलिया) बेवारिसे अवस्थामा फेला पारेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

बरामद भएको सालको काठ रु दुई लाख ७२ हजार ७०० बराबरको बजार मूल्यको भएको सहायक वन अधिकृत तथा डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । बरामद सबै काठ अहिले सवडिभिजन वन कार्यालयमा राखिएकोे छ ।

काठ कसले ल्याएको हो भन्ने बारेमा केही खुल्न नसकेको कार्यालयले जनाएको छ । बरामद भएको काठ आम्दानीमा बाँधेर प्रक्रिया पुर्याइ लिलामी गर्ने सूचना अधिकारी पौडेलले बताए । काठ कसले र कहाँ लैजान लागेको हो भन्ने जानकारी नभएकाले थप अनुसन्धान भइरहेको सवडिभिजन कार्यालय गोरखाले जनाएको छ ।

Skip This

Omoda E5 Pro