Logo

वृद्ध जस्तै देखिने बच्चाको जन्म



सँसारमा अद्भूत बच्चाको जन्म हुने गरेको छ । यस्तै वृद्ध जस्तो देखिने बच्चाको जन्म भएको छ । ती बच्चालाई देखेर जन्म दिने आमाले दुध पिलाउन डराएकी छिन् । बच्चीलाई माता पिता दुवैले अस्वीकार गरिदिएका छन् ।

मुम्बईको अस्पतालमा जन्मिएकी यी बच्चीलाई बचाउन बाख्राको दुध खुवाईरहेका छन् । सात महिनामा जन्मिएकी ती बच्चीको तौल ८ सय ग्राम मात्र थियो । इन्ट्रा–युट्रीन ग्रोथ रिर्टार्डेशन नामको दुर्लभ रोगको कारण यी बच्ची पिडित रहेकी छिन् ।

ती बच्चीको पालनपोषको जिम्मेवारी उनका हजुरबुवा दिलिप डोडेले लिएका छन् । उनलाई जन्म दिएका आमा बुवाले बेवास्ताग गरेपछि हजुरबुवाले जिम्मा लिएका हुन् । यीनलाई हेर्न गाउँका मानिसहरु दैनिक आउने गर्छन् । उनको यस्तो दुर्लभ रोग आफुहरुलाई सर्ने गाउँलेहरुमा डर थियो ।
उनको अस्पतालमा भएको खर्च अस्पतालले नै जिम्मा लिएको थियो । उनको खर्च ५ लाख भएको थियो । उनको हजुरबुवाको खर्च पनि अस्पतालले नै व्योहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्