Logo

२५ वर्षमा पिएचडी थेसिस बुझाएकी महिलालाई १०२ वर्ष पुग्दा उपाधि



१०२ वर्ष पुगेपछि एक महिलाले पिएचडी उपाधि हासिल गरिन् । यो घटना जर्मनीको हो । जहाँ नाजी शासकले ती महिलाको पिएचडी उपाधि रोकेको थियो ।
इडिबर्ग रयापपोर्टले २५ वर्षकै उमेरमा सन् १९३८ मा विद्यावारिधी शोधपत्र बुझाएकी थिइन् ।

तर, यहुदी भएकै आधारमा भाइभा रोकिएको थियो । जसका कारण उनले उपाधि पाइनन् । उनले उपाधि सन् २०१५ मा मात्र प्राप्त गरिन् । महिलाका छोराले विश्वविद्यालयमा सम्पर्क गरी पिएचडी उपाधि प्राप्त गर्न सकिन्छ कि भनी जानकारी लिंदा भाइभामा उपस्थित हुनुपर्ने जानकारी दियो । त्यसपछि महिला भाइभा परीक्षामा सम्मिलित भइन् र उपाधि हासिल गर्न सफल भएकी थिइन् ।

ती महिलाको नाम । उनले हैमबर्ग विश्वविद्यालयबाट विद्यावारिधि उपाधी लिएकी हुन् । आफुले नाजी जुल्मोलाई पुरै दुनियामा चिनाउन यो उपाधी लिएको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्