Logo

महिलाले दिइन् लगातार १३ छोराको जन्म



अमेरिकाको एक दम्पतिले लगातार १३ वटा सन्तान जन्माएका छन् । जन्माएकामध्ये सबै छोरा छन् । उक्त परिवारको कथा एउटा स्थानीय च्यानलमा प्रसारण भएको थियो ।

राँकफोर्ड शहरमा बस्ने जे र काटेरीको लगातार १३ बच्चा जन्मिएका थिए । उनका सबै बच्चा छोरा थिए । छोरी पाउने आशामा १३ वटा सन्तान जन्माएका ती दम्पतिले छोरी भने जन्माउन सकेनन् ।

कटेरीको बहिनीले पनि लगातार नौ वटा छोरा जन्माएकी छिन् । उनले १० औ पटकमा भने एक छोरीलाई जन्म दिएकी थिइन् । यी दुई बहिनीको बच्चाहरु जम्मा २२ भएका छन् तर छोरी भने एउटा मात्र छिन् । १० लाख दम्पतिमा एक मात्र यस्तो परिवार भेटिएको एक सर्वेले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्