Logo

१८० डिग्रीमा घुम्ने यी व्यक्तिको गर्दन



भारतमा जन्मेको एक बालक अचम्मको रोगका कारण १२ वर्षदेखि गर्दन घुम्ने समस्याबाट पिडित छन् । उनको नाम महेन्द्र अहरीवार हो । बच्चादेखि उनको गर्दन १८० डिग्रीको कोणमा घुम्ने गथ्र्यो । गर्दन सिधा गर्नको लागी उनी ५० डाक्टरकोमा गएपनि आजसम्म सीधा भएको भने छैन ।

उनी जन्मेको छ महिनादेखि गर्दन घुमाउन शुरु गरेका थिए र केही दिनमा नै १८० डिग्री कोणमा घुमाएका उनका पिता मुकेशले बताएका छन् । उनले विभिन्न डाक्टरको जँचाएपनि आजसम्म समस्या जस्ताको तस्तै रहेको बताएका छन् ।

अजीबको रोगबाट पिडित महेन्द्रको गर्दन सहित हात खुट्टा पनि कमजोर भएको छ । अहिले उनी ठिकसंग बस्न पनि नसक्ने भएका छन् । उनलाई शौच गर्न, कपडा लगाउन र खाना खुलाउन पनि उनकी आमा मुमित्राले गर्नुपरेको बताएकी छिन् ।

महेन्द्रको पिताले कंस्ट्रक्शनमा काम गर्छन । उनले दैनिक २सय कमाउने गरेपनि त्यति पैसाले घर धान्न मुस्किल भएको मुकेशले बताएका छन् ।मुकेशको महेन्द्र सहित तीन जना बच्चा रहेका छन् । यी सबैको जिम्वेवारी उनैमाथी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्