ओलीले नमाने प्रचण्डले स्थायी कमिटी बैठक बोलाउनुहुन्छ : गणेश साह (भिडियोसहित)


काठमाडौं, २० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गणेश साहले आफू कुनैपनि गुटमा नरहेको भन्दै विधि र विधानको पक्षमा रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै सरसल्लाह नै नगरी अध्यादेश ल्याएपछि आफूहरुले विरोध गरेको र तत्काल स्थायी कमिटीको बैठक बोलाउनुपर्छ भनेर २० जनाले लिखित रुपमा आग्रह गरेको पनि साहले सुनाए ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले छिट्टै स्थायी कमिटी बैठक बोलाउनेमा आफूहरु विश्वस्त रहेको पनि बताए । तर, ओलीले बैठक नबोलाए पार्टीको विधानअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अधिकार प्रयोग गरेर बैठक बोलाउनेपनि उनले जानकारी दिए । प्रचण्ड र माधव नेपालको पक्षमा रहेको छ । स्थायी कमिटीको बैठक माग गर्ने आफूहरु २० जना सदस्यीय अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा रहेको पनि उनको भनाई छ । उनले वर्तमान सरकारले जसरी जनताको पक्षमा काम गर्नुपर्नेथियो त्यो गर्न नसकेको पनि गुनासो पोखे ।