नेविसंघको मसाल जुलुस : लोलाङदेखि बाइपाससम्म (तस्विर)


वैशाख २९, काठमाण्डौ । नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नपा ४ को आयोजनामा भारतीय विस्तारवाद र चिन सरकारले सगरमाथामाथि लगाएको गिद्धे नजर विरुद्ध र पक्राउ परेका नेविसंघ अध्यक्ष, महामन्त्री सहित साथीहरूको निसर्त तत्काल रिहाइको माग गर्दै गरिएको लोलाङदेखि बाइपाससम्मको मसाल जुलुस र विरोध प्रदर्शन गरेको छ ।

नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा, नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका ४ सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल, विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा, कृष्ण अधिकारी, रामशरण अधिकारी, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियोे ।

Skip This

Omoda E5 Pro