Logo

बालुवाटारमा सर्वदलीय बैठक, सिमा विवाद र कोरोना रोकथामका विषयमा छलफल



काठमाडौं, १ जेठ । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बालुवाटारमा बसेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।

गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा सहभागी दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए । (रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्