Logo

असार १ देखि लकडाउनको स्वरुप परिवर्तन गर्न छलफल सुरु: मन्त्री भट्ट



काठमाडौं, जेठ १९। सरकारले असार १ देखि अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गर्ने तयारी गरेको छ । गत चैत ११ गतेदेखि सुरुभएको लकडाउन आगामी आसर एक गते सम्म भने यहि अवस्थामा कायम रहने सरकारले जनाएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले जनजिवनलाई सहज हुने र संक्रमण पनि न्युनिकरण गर्ने ढंगले लकडाउनको स्वरुपमा परिवर्तन गर्ने तयारीका साथ सरकारले काम गरिरहेको बताए ।

मन्त्री भट्टले लकडाउन सरकारको रहर नभएर वाध्यता भएकाले कोरोना संक्रमणको अवस्था समान्य नभएसम्म लकडाउन पूर्णरुपमा खोल्न नसकिने जानकारी दिए । उनले कोरोनाले नेपालको अर्थतन्त्रमा क्षति पुर्याएको र जनतालई कोरोनाबाट मात्र नभएर भोकमरीबाट पनि बचाउनुपर्ने भएकाले त्यसको तयारी सरकारले गरिरहेको बताए ।

उनले लकडाउनकै समयमा पनि सरकारले ढुवानीलाई सहज बनाएको, गाउँको उत्पादन शहर ल्याउने कामलाई सहजिकरण गरिरहेको भन्दै समय छदै सतर्कता नअपनाउने र जनतालाई खुल्ला छोडिदिने हो भने भोली स्थिति भयावह हुने बताए । अहिलेको परिस्थितिमा सवै जिम्मेवार बन्नुपर्ने,सरकारले सहजताका लागि लकडाउनको स्वरुप ठाउ हेरेर परिवर्तन गर्ने र प्रभावित क्षेत्रमा सिल गर्ने तयारी पनि भइरहेको उनको भनार्इ छ ।

मन्त्री भट्टले भने,‘लकडाउनको मोडल परिवर्तन गर्न सकिन्छ तर, यसलाई हटाउन सकिदैन । संक्रमण बढीरहेको छ । नेपालीहरु आउनेक्रम बढीरहेको छ । अझै धेरै ल्याउनुपर्ने छ । यो कुरा जनताले बुझ्नपर्छ । स्थानीय तहबाट राहत वितरण भइरहेको छ तर, केहि कम्जोरी भएका छन् । व्यवसायीलाई पनि सहज बनाउनु पर्छ । अहिले कुन व्यक्ति के भन्यो भनेर हैन अहिलेको अवस्यकता के हो त्यो हेर्छ सरकारले । कमि भएका छन् तर, सरकारले काम गर्न छाडेको छैन् ।



प्रतिक्रिया दिनुहोस्