Logo

प्रधानमन्त्रीले गीत लेख्नु गर्वको कुरा हो : जितु नेपाल (भिडिओसहित)



काठमाडौं, १९ जेठ । चर्चित हाँस्यकलाकार जितु नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गीत लेख्नु गर्वको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले भने,’उहाँले लेखेको गीत शिशिर योगीले गाउँदै हुनुहुन्छ, संगित गर्दैहुनुहुन्छ भनेर मैले पत्रिकामा पढेको थिएँ । खुशी लाग्यो । साहित्यतिर लाग्नु भनेको त राम्रो कुरा हो । यो समय प्रधानमन्त्रीज्यू यति व्यस्त हुनुहुन्छ, लकडाउन छ, केही समय अघिको अस्वस्थतता, यो सबै समयलाई मिलाएर सब गरेर फेरि बेलुका गीत लेख्नु भनेको यो त एकदम गर्वको कुरा हो ।’

आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा तीन तहको सरकार भएकोले कोरोनाविरुद्ध सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने,’उहाँहरुले यही बेलामा हो काम गर्नुपर्ने, जनताको बास्तविक मन जित्ने बेलापनि यही हो । जनता कोही पनि भोकले मर्नुहुँदैन् । सरकार, जनताका प्रतिनिधिहरु सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’

त्यस्तै, उनले नेपाल सरकारले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनकोलागि चालेको पछिल्लो कदममा सबै नेपालीको साथ, सहयोग र समर्थन रहेको बताउँदै यसमा कलाकारहरुले पनि आवाज उठाईरहेको स्पष्ट पारे । नेपाली भूमि फिर्ता ल्याउनको लागि उच्च कुटनीतिक पहल हुन जरुरी रहेको नेपालको भनाई छ । उनले भने,’सबै तीन करोड नेपाली जनताको मत लिएर नेपाल सरकार भारतीय पक्षसँग वार्ताको टेबुलमा बस्नुपर्छ । यो यो कुराले यो हाम्रो भूमि हो भनेर एकदमै सौहार्दपूर्ण वातावरणमा समाधान गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्