Logo

प्रेम सागर कर्माचार्यले गरे १६२औं पटक रक्तदान



काठमाडौं १९ जेठ । स्वंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६२औं पटक रक्तदान गरेका छन् । रक्तदान गरौं कोमिड–१९ लाई निर्मूल पारौं भन्ने नाराका साथ प्रेम सागरले १६२ औं पटक रक्तदान गर्ने अवसर पारेर ड्रिमल्याण्ड पब्लिक हाईस्कुलद्वारा आयोजित कार्यक्रममा आफ्नै रेकर्डलाई तोडेका हुन् ।

बागबजार २८ स्थित ड्रिमल्याण्ड पब्लिक हाईस्कुल जाने बाटो मै आयोजित कार्यक्रममा नेपाल कै सबैभन्दा बढी रक्तदान गर्ने प्रेम सागरसँगै ५२ जना युवा–युवतीहरुले रक्तदान गरेका थिए ।

कोरोना भाईरस (कोभिड १९) ले सिर्जना गरेको लकडाउनका कारण विभिन्न अस्पतालहरुमा अप्रेसन गर्दा रगतको कमी भएको कारण कसैको ज्यान बचाउन पनि यस्तो विषम परिस्थितिमा रक्तदाताहरुबाट रगत सङ्कलन गरिएको प्रेम सागरले जानकारी दिए । प्रत्येक स्वस्थ्य युवा–युवतीहरुले आफ्नो १८ औं वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्