Logo

निजी विद्यालयलाई सुम्पन खोजेको होइन : अर्थमन्त्री खतिवडा



काठमाडौँ, १९ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा उल्लिखित ‘एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जिम्मेवारी वहन’ बारे स्पष्ट पार्दै उहाँले निजी विद्यालयको एक प्रतिशत शिक्षा सेवा शुल्कको रकम सामुदायिक विद्यालयको पूर्वाधार विकासमा खर्च गराउने सोचअनुसार उसको सामाजिक उत्तरदायित्व र सहकार्यको वातावरण विकासका लागि सो प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयको स्तर सुधार्ने र माविसम्म निःशुल्क अनिवार्य बनाउँदै जाने भन्नेमा द्विविधा नरहेको र सामुदायिक विद्यालय निजी क्षेत्रलाई हस्तान्तरण गर्न नखोजिएको स्पष्ट गर्नुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्