Logo

चीनले दूई उपग्रह कक्षमा पठायो



एजेन्सी, १९ जेठ । चीनले आफ्ना दूई उपग्रहलाई अन्तरीक्षमा पठाएको छ । उपग्रहलाई जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट आइतबार अन्तरीक्ष कक्षमा पठाएको हो । लांग मार्च २ डी क्यारियर रेकटद्वारा दूई उपग्रह सफलतापूर्वक योजनावद्व कक्षमा राखिएको जनाइएको छ । अप्टिकल रिमोट सेन्सिंगको रुपमा रहेको गाउफेन ९ नाम गरेकोे उपग्रह एक मिटर रिजोलूसनका साथ फोटो लिन सक्षम रहेको जनाइएको छ । उपग्रहले भूमि सर्वेक्षण, शहरी योजना, सटक नेटर्वर्क डिजाइन र फसल उत्पादन अनुमान गर्न प्रयोग गरिने जनाइएको छ । उपग्रहले वेल्ट एण्ड रोड परियोजनामा समेत मद्दत पूर्याउने जनाइएको छ ।

हेड ४ नाम गरेको अर्का उपग्रह बेजिङस्थित एरोस्पेस टेक्नोलोजी कम्पनीमा निर्माण गरिएको थियो । उक्त उपग्रहले कक्षमा इन्टरनेटको जानकारी प्रदान गर्ने जनाइएको छ । लांग मार्च २ डी क्यारियर रेकटको यो ३३ औँ उडान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्