Logo

निजी कम्पनिको रकेटबाट प्रक्षेपित स्पेस एक्सको अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा सफल यात्रा



एजन्सी, १९ जेठ । दूई अन्तरिक्ष यात्री सहित स्पेस एक्सले इन्टरनेश्नल स्पेस स्टेशन सफलता पूर्वक पुगेको छ । पहिलो निजी कम्पनीद्वारा निर्मित रकेट दूई यात्रीलाई स्टेशन पुर्याउन सफल भएको हो ।

विना पाइलटको मद्दतले स्पेस एक्स ड्रेगनले स्वत स्टेशनमा ल्याण्ड गरको यात्रीहरुले जनाएका छन् । नौ वर्षपछि अमेरिकी स्पेससिप इन्टरनेश्नल स्पेस स्टेशनमा डक गरिएको हो । यो अमेरिकाका लागी गर्भको कूरा रहेको जनाइएको छ । केन्नेडी स्पेस सेन्टरबाट उडान भरेको १९ घण्टा पछि स्टेशनमा स्पस एक्सले सफलतापूर्वक डक गरेको हो ।

अन्तरिक्ष यात्रीहरु एक देखि चार महिना सम्म बस्ने जनाइएको छ । उक्त क्रममा दूई रुस् ियात्रीले समेत साथ दिने र स्पेसमा वाक गर्न योजना रहेको छ । वाक गर्ने क्रममा यात्रीहरुले नयाँ ब्याट्रि पनि जडान गर्ने छ । ड्रेगनको भित्री भाग फराकिलो रहेको र यात्रा गर्न सजिलो भएको जनाइएको छ । ड्रेगको सुरुवाती यात्रा भएको कारण लन्च गरेको भन्दा ड्रेगनको आवागमनको बेला खतरनाक अवस्था हुन् सक्ने स्पेस एक्सका निर्माता मस्कले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्