Logo

उत्तरी सीमाको सुरक्षामा सशस्त्र प्रहरी, हिउँ छिचोल्दै हिल्सा पुग्याे



काठमाडौं, १९ जेठ । भारतसँगको नाका मात्र नभई चीनसँगको सीमानामा पनि सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिती बिस्तार गर्दै लगेको छ ।हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ ।

बिओपी स्थापनाका लागि सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । कार्यालय राख्ने तयारीका लागि टोली त्यहाँ पुगेको हो। केही दिनअघि मात्र मुस्ताङको नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको थियो ।टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ ।सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाका केन्द्रीत गर्ने तयारी गरेको छ ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्