Logo

लकडाउन खुकुलो बनाईँदै, उद्योगमन्त्रीले तयार पारे प्रस्ताव



काठमाडौं, १९ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गत चैत्र ११ गतेदेखि लकडाउन लगाएको छ । यो लकडाउन यही जेठ ३२ गतेसम्म कायम गरिएको छ । लकडाउनका कारण नेपालको अर्थतन्त्रमा ठूलो असर परेको छ । उद्योगी तथा व्यवसायीहरुले पनि लकडाउन खुकुलो पार्न आग्रह गर्दै आएका छन् । तर, सरकारले कोरोनाको जोखिम कायमै रहेकोले तत्काल लकडाउन खुकुलो नबनाउने बताउँदै आएको छ ।

भारतलगायत अन्य देशहरुले विस्तारै लकडाउन खोलिसकेका छन् । कोरोनाबाट अति प्रभावित बनेका देशहरुपनि विस्तारै लकडाउन खोलेर अघि बढिरहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा मन्त्री भट्टले उद्योग, धन्दा र व्यवसाय उच्च सतर्कता अपनाउँदै विस्तारै खोल्न दिनेगरि तयार पारेको प्रस्ताव प्रस्तुत गर्ने बुझिएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्