Logo

थप २२६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या १७९८ पुग्यो



काठमाडौं, १९ जेठ । थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् । उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

त्यस्तै, आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन् ।



प्रतिक्रिया दिनुहोस्