Logo

चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन जारी (फोटोफिचर)



काठमाडौँ, १९ जेष्ठ ।  रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँको माईतिघर मण्डलामा निरन्तर प्रदर्शन भएको छ ।
नेपाल दलित संघ, जिल्ला कार्य समिति काठमाडौं, नेपाल दलित विधार्थी संघ, संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिलगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले आज पनि विभिन्न मागका साथ विरोध प्रर्दशन जारी राखेका हुन् ।  उनीहरुले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

प्रदर्शनकारीहरुले सोतिमा घटेको नरसंहार हत्याकाण्डको सत्य छानविन गर, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, दलित समूदायसहितको उच्चस्तरीय छानविन समिति गठन गर जस्ता नारा लेखिएको ब्यानर, प्लेकार्डहरु बोकेर काठमाडैं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

जाजरकोटका नवराज विश्वकर्मा प्रेमिकालाई भगाउन भन्दै चौरजहारी पुग्दा गाउँलेहरुद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । घटना जातीय विभेदका कारण भएको दाबीसहित दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो । रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समूदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्