Logo

नेपालमा कोरोना जित्नेको संख्या २२१ पुग्यो



काठमाडौं, १९ जेठ । नेपालमा आजसम्म कोरोनाको संक्रमण जितेर (उपचारपछि अस्पताल) बाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरु २२१ मध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार अपरान्हको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

त्यस्तै, आज  थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । अहिलेसम्म नेपालका ५९ जिल्लामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै डोटी संक्रमित जिल्लाको सुचिमा थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्