Logo

बाँके दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग



काठमाडौँ, १९ जेठ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनामा घाइते हुनुभएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको निःशुल्क स्वाथ्योपचारको माग गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।” रासस File photo



प्रतिक्रिया दिनुहोस्