Logo

कर्णालीमा कोरोना सङ्क्रमित १९८



काठमाडौं, १९ जेठ । कर्णाली प्रदेशमा ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरडीटी र पिसिआर परीक्षण गरिएका मध्ये ४३ र प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएका मध्ये ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए। अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या १९८ पुगेको छ ।

रिपोर्ट अनुसार दैलेखको नारायण नगरपालिका, सिमडा, सोत, साडु, जुकेपानी र दुल्लु गरेर २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा ८ र सिञ्जा गाउँपालिकामा ९ गरी १७ तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १६, महावु गाउँपालिकाको १, सल्यान बनगाड कुपिण्ड नगरपालिकाका १० र सुर्खेत बराहताल गाउँपालिकाका ५ व्यक्तिमा कोरोना सङक्रमण पोजेटिभ पुष्टि भएको शाखा प्रमुख कँडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्