Logo

महालक्ष्मीको हाम्रो युवा समुहले बिष्णुडोलमा तयार गर्यो सुरक्षित आवास गृह (तस्बिरसहित)



ललितपुर, १९ जेठ । कोरोना भाइरसको जोखिमसँग लड्ने पूर्वतयारी गाउँ टोलबाटै गर्नुपर्ने भन्दै महालक्ष्मी नगरपालिकाको हाम्रो युवा समुहले बिष्णुडोलमा सुरक्षित आवास गृह तयार गरेको छ । आजबाट बिष्णुडोलको सत्सङ्ग भवनमा सुरक्षित आवास गृह तयारी अवस्थामा राखिएको हो ।

महालक्ष्मी नगरपालिकाको विकासलगायत अन्य सामाजिक कार्यक्रमा निकै सक्रिय रहँदै आएको हाम्रो युवा समुहको पहलमा सुरक्षित आवास गृह तयार भएको हो । गृहमा १० बेड राखिएको छ । सुत्न, बस्न, खाने समेत व्यवस्थासहितको आधुनिक शैलीको आवास गृहमा वाइफाइ पनि जडान गरिएको छ ।

हाम्रो युवा समुहका संयोजक विवेककुमार बार्कीले विदेश या अन्य क्षेत्रबाट बसेर आउने गाउँभित्रका व्यक्तलाई कम्तिमा १४ दिनसम्म सुरक्षितसाथ निगरानीमा राख्ने गरी आवास गृह तयार गरिएको बताए । गाउँभित्र कसैलाई संक्रमणको आशंका भएमा समेत स्वास्थ्यकर्मीसँग समन्वय गरी तत्काल आवास गृहमा राखिने जनाइएको छ । कार्कीले भने, ‘सम्भावित जोखिमलाई दृष्टिगत गरी यो पूर्व तयारी हो ।’

गाउँ समाजबाटै कोरोना भाइरसको रोकथामका लागि सुरक्षित आवास गृह तयार गरिएको यो सम्भवत देशमै पहिलो हो । युवाहरुको कोभिड १९ को रोकथामका लागि भएको पहलले देशभर सन्देश जाने विश्वास लिइएको छ ।

यसअघि हाम्रो युवा समाजले स्यानिटाइज, राहत वितरण, सरसफाईलगायतका कामहरु गरिसकेको छ । महालक्ष्मीको हाम्रो युवा समुह अहिले देशैभर चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्