Logo

बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी



बैतडी, जेठ २० । बैतडीमा क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी र मुटु रोगको बिरामी रहेको जनाइएको छ । मृतकको स्वाब संकलन गर्ने तयारी भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्