Logo

लकडाउनमा होटलमा जुवा, बैंकरसहित व्यापारीहरु पक्राउ



काठमाडौँ, २० जेठ । लकडाउनको समयमा क्यासिनो शैलीमा कललादीको एक होटलमा जुवा खेलिरहेका बैंकर तथा ठूला व्यापारी पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलबाट सोमबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

होटल सञ्चालक भारतीय निक्की जोगाईसहितलाई जुवा खुलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा नन्दकिशोर शर्मा, पुरुषोत्तम कुमार अग्रवाल विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल छन् ।

पक्राउ परेकामध्ये रामचन्द्र संघाई बैंकर हुन् । सबै जसो करोडपछि व्यापारी हुन् ।

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्सहरु बरामद भएको छ । उनीहरुले तास खेलिरहेको चिप्समार्फत त्यसको हिसाब गरेकाले ठूलो परिणामा हारजित भएको प्रहरी अनुमान छ । डिएसपी दाहाल भन्छन्,‘क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्छ ।’ उनीहरुमध्ये एक जनासँग लकडाउनमा गाडी चलाउने पास समेत फेला परेको डिएसपी दाहालले बताए । होटल सञ्चालक निक्कीले लकडाउनमा पनि होटलमा जुवा खुलाउँदै आएको खुलेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्