Logo

राममन्दिर निर्माणको शुभारम्भलाई विश्व हिन्दू परिषद् नेपालले उत्सवका रुपमा मनाउने (विज्ञप्तिसहित)



काठमाडौं, २० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अयोध्यामा राम मन्दिरको निर्माणको शुभारम्भ गर्ने भएका छन् । उक्त कार्यक्रममा मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत निश्चित संख्यामा मात्र अतिथिहरु उपस्थित हुने जनाइएको छ । राष्ट्रिय स्वंसेवक संघका प्रमुख मोहन भागवत् कार्यक्रमको विशिष्ट अतिथि हुनेछन् ।

राम मन्दिर निर्माणको शुभारम्भमा भारतलगायत विश्वभरका हिन्दु संघसंगठनले विशेष उत्सवका रुपमा मनाउने भएका छन् । नेपालमा पनि विश्व हिन्दू परिषद्, नेपालले उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

परिषद्ले आज प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै भोलि स्थानीय स्तरमै कार्यक्रमहरु गरी उत्सव मनाउन अनुरोध गरेको छ । परिषदले भजन कीर्तन, शोभा यात्रा र दिपोत्सवको कार्यक्रम तय गरेको जनाएको छ ।

परिषद्का अनुसार श्रीराम मन्दिरलाई सन् १५२८ मा तोडिएको थियो । लगातार ४९२ वर्षको संघर्षको प्रतिफल अयोध्यामा पुनः श्रीरामन्दिर निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्